नेप्से अध्यक्ष बस्यालको राजीनामा स्वीकृत


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालको राजीनामा स्बीकृत भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनको राजीनामा स्वीकृत गरेका हुन् । बस्याल गत भदौ १९ गते अध्यक्षमा नियुक्त भएका थिए । उनले कार्यकाल पुरा नहुँदै राजीनामा दिएका हुन् ।

सरकारले राजनीतिक नियुक्ति लिएकाहरुलाई राजीनामा दिन आग्रह गरेकोले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ पछि बस्यालले राजीनामा बुझाएका हुन् ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार  ०९ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।