काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडैलले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका हुन् । राष्ट्रपतिले ६ वटा अध्यादेश भने यस अघिनै जारी गरिसकेका छन् ।
राष्ट्रपतिले सार्वजनिक खरिद ऐन दोस्रो संशोधन अध्यादेश २०८३, सहकारी सम्बन्धि पहिलो संशोधन अध्यादेश २०८३, सम्पत्ति शुद्धीकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ यसअघिनै जारी भएका थिए ।
तर राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाउने निर्णय गरेका छन् ।












प्रतिक्रिया