नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी नबिल इन्भेष्ट सेटललाइट पोर्टफोलियो म्यानजेमेन्ट सर्भिस संचालनमा ल्याएको छ । यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरुले कुनै प्रकारको बार्षिक शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ ।

विशेष लगानी व्यवस्थापन सेवा अन्तर्गतको यस शेयर लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो एनालाइस्ट तथा गहन विश्लेषण, अध्ययनको आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानी गरिने यो लगानी व्यवस्थापन सेवामा लगानी गरिएको रकममा फाईदा भएको बखतमा मात्र पफ्मेन्स फि बापत केही शुल्क लिईने जनाएको छ ।
यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले कम्तिमा २५ लाख बरावरको नगद रकम वा सोही मुल्य बरावरको शेयरको मुल्यांकन गराई प्रवेश गर्न सकिने जनाएको छ।
विगतका दिनहरुमा यस कम्पनीबाट संचालन गरिएको बिभिन्न स्किमहरुबाट पूर्ण फाईदा लिनुभएका लगानीकर्ताहरु तथा नयाँ लगानी गर्न चाहने लगानीकर्ताहरुले यो सुविधाबाट पनि पूर्ण फाइदा लिन सक्ने कम्पनीको भनाई छ ।
यसरी नै लगानीकर्ताहरु र उद्यमीहरुको हितलाई ध्यानमा राखी अन्तर्राष्ट्रि«य स्तरको वित्तीय सेवा तथा इन्भेष्टमेण्ट बैंकिंग र मर्चेन्ट बैंकिंग सम्बन्धि सम्पूर्ण सुविधाहरु नबिल इन्भेष्टले पछिल्ला दिनहरुमा संचालनमा ल्याउँदै आएको छ । जसमा लगानी तथा प्राईभेट ईक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्ताहरुलाई जोड्ने र सहज र छिटो बैक कर्जा उपलब्ध गराउने उपाय सहित एकै छाना मुनि पुरै सबै आर्थिक तथा वित्तीय समाधानहरु पर्दछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया