नायरमा विज्ञान श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन

0
Shares

अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्सीहरुको प्रतिनिधि मुलक संगठन अष्ट्रेलियन शैक्षिक नेपाली प्रतिनिधि संघ नेपाल नायरको नयाँ नेतृत्व चयन भएको छ ।

नायरमा यूनीक्याम्पस एजुकेशन नेटवर्क प्रा.लि.का प्रवन्ध निर्देशक विज्ञान श्रेष्ठको नेतृत्वमा आगामी २ वर्षको लागी नेतृत्व भएको हो ।

७ सदस्यीय कार्यसमितिमा अध्यक्षमा विज्ञान श्रेष्ठ, उपाध्यक्षमा प्रेम पाण्डे, महासचिवमा उद्धव खड्का र कोषाध्यक्षमा अनन्त पौडेल निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा निवर्तमान अध्यक्ष नारायण पहारी र भोजराज पाण्डे“विराज” निर्वाचित भए।

साधारण सभामा वोल्दै नव नियुक्त अध्यक्ष विज्ञान श्रेष्ठले नायरलाई आगामी कार्यकालमा परिणाम मुखी, सफल नेतृत्व दायी भूमिका निर्वाह गर्न योग्य, विद्याथीैहरुलाई विभिन्न सहुलियत प्याकेजहरु उपलव्ध गराउन पहल गर्ने तथा नायरलाई सवै शैक्षिक उद्योगहरुको छाता संगठनको रुपमा स्तरोन्नती गर्ने बताए ।