स्वाभिमान लघुवित्तले गर्यो लाभांश संशोधन


काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ । लघुवित्तले अब सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

गत फागुन १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले ९.५ प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरि स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको थियो ।

तर, जेठ ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले साविकको लाभांश प्रस्ताव परिमार्जन गरी कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार  १० : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।