सामसङको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक


काठमाडौं । सामसङ नेपालले ग्राहकहरूका लागि ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा आकर्षक छुट, एक्सचेन्ज बोनस तथा सजिलो किस्ता सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकहरूले पुरानो मोबाइलको मूल्यसँगै अधिकतम ८ हजार रुपैयाँसम्म अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । ग्यालेक्सी एस–२६ प्लसमा २३ हजार रुपैयाँसम्म तथा अन्य मोडलहरूमा पनि विशेष छुटको व्यवस्था गरिएको छ ।

यसैगरी, ग्राहकहरूले शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको ईएमआई सुविधा पाउनेछन् । एनसेलको बोनस डेटा अफरअन्तर्गत ग्यालेक्सी एस–२६ सिरिजमा अधिकतम १८० जीबीसम्म बोनस डेटा उपलब्ध हुने जनाइएको छ ।

सामसङका अनुसार यो अफर जेठ १३ देखि असार १५ सम्म देशभरका आधिकारिक स्टोर तथा पार्टनर आउटलेटहरूमा लागू हुनेछ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार  ११ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।