काठमाडौँ। हिमालयन बैंक लिमिटेडले यूनियनपे आरएमबी कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले चीनको प्रसिद्ध कार्ड ब्रान्ड यूनियनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक उक्त सेवा सुरु गरेको जनाएको छ ।
बैंकका अनुसार यस कार्डमार्फत ग्राहकहरूले चीन भ्रमणका क्रममा एटीएम, पीओएस, क्यूआर कोड तथा इ–कमर्स प्लेटफर्ममार्फत चिनियाँ मुद्रा युआनमै सहज भुक्तानी गर्न सक्नेछन् ।
विद्यार्थी, व्यवसायी तथा पर्यटकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रकम कार्डमा लोड गरी यूनियनपे नेटवर्कमा आबद्ध विभिन्न भुक्तानी माध्यममार्फत कारोबार गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
काठमाडौंस्थित मेरियट होटलमा आयोजित कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र यूनियनपे इन्टरनेशनलकी उपाध्यक्ष ज्वाङ बेइले संयुक्त रूपमा सेवाको शुभारम्भ गरेका थिए ।










प्रतिक्रिया