१० महिनामा ८८ अर्ब बराबरको निर्यात


वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम १० महिनामा ८८ अर्ब २२ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

गत आवको सोही अवधिमा ८३ अर्ब २५ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा निर्यात भएका वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए।

चालु आवको १० महिनामा ४८ अर्ब ११ करोड रुपैयाँ बराबरको भटमासको प्रशोधित तेल, ५ अर्ब ३५ करोड रुपैयाँको प्रशोधित सूर्यमुखी तेल तथा ६ अर्ब ४२ करोड रुपैयाँ बराबरको फलफूलको रस निर्यात भएको छ ।

यसैगरी, ३ अर्ब ३ करोडका कपडा तथा २ अर्ब २५ करोड रुपैयाँ बराबरको ‘सिन्थेटिक यार्न’ निर्यात भएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १३ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।