सिटिजन लाइफको विद्यार्थीसँग बीमा कार्यक्रम लोकप्रिय बन्दै

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको विधार्थीसँग बीमा कार्यक्रम लोकप्रिय बन्दै गएको छ । आफ्नो स्थापना कालदेखि नै सञ्चालनमा ल्याएको विद्यार्थीसँग बीमा कार्यक्रम लोकप्रीय बन्दै गएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका ब्रान्ड एम्बेस्डर मदन कृष्ण श्रेष्ठद्वारा उद्घाटन गरिएको सो कार्यक्रमले गाउँ गाउँमा बीमा प्रति जनचेतना जगाउँन मद्दत पुगेको कम्पनीले जनाएको छ ।

जीवन बीमाको दायरा फराकिलो बनाउने उद्देश्यका साथ कम्पनीले पहिलो वर्ष ३० वटा विद्यालय र कलेज गरी करिब ५ हजार ४०० विद्यार्थीलाई बीमाको विषयमा जानकारी दिएको थियो । दोश्रो वर्ष ८७ वटा विद्यालय र कलेज गरी १९ हजार गर्दै अहिले तेस्रो वर्षमा आइपुग्दा करिब ४० वटा विद्यालय र कलेज गरी ७ हजार २ सय भन्दा बढी विधार्थीलाई बीमा सम्बन्धी ज्ञान दिएको जनाएको छ ।

विद्यार्थीहरु सचेत हुँदा उनीहरुले आफ्नो घरमा रहेका सम्पूर्ण परिवारका सदस्यलाई जीवन बीमाको महत्व बारे बुझाउन सक्ने विश्वास कम्पनीले लिएको छ ।

बेला छँदै जीवन बीमा गरे बीमाशुल्क पनि कम हुने र सोही कम शुल्कले नै ठूलो जोखिम न्यूनीकरण हुने हुनाले कम्पनीले विद्यार्थीहरुलाई पहिले सचेत गराउनु उचित ठानेको जनाएको छ ।

साथै, आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवालाई ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान जस्ता विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।