नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अझै गरेन पूर्वाधारमा लगानी, ब्याज खाएरै कमायो ६७ करोड

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६७ करोड एक लाख रुपैयाँ खुद नाफा गरेको छ ।

पूर्वाधार क्षेत्रमा लगानी जुटाउने मुख्य उद्देश्यका सार्वजनिक तथा निजी साझेदारीमा साढे चार महिना अघि बैंक स्थापना भएको थियो ।

चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ७८ करोड ९८ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा बैंकले २० करोड रुपैयाँ निक्षेप संकलन गरि ७ करोड ८६ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ। बैंकको कुल सम्पत्ती १३ अर्ब १४ करोड रुपैयाँ छ।

बैंकसँग नगदको रुपमा चार अर्ब २७ करोड रुपैयाँ छ भने ८ अर्ब ५३ करोड रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेको छ। बैंकले शेयरमा १२ करोड २७ लाख रुपैयाँको लगानी गरेको छ। बैकले निक्षेपमा राखेको रकमबाट आम्दानी गरेको हो ।

बैंकको व्याज आम्दानी एक अर्ब १३ करोड रुपैयाँ छ भने व्याज खर्च २३ लाख ५१ हजार छ। बैंकको खुद व्याज आम्दानी एक अर्ब १३ करोड रुपैयाँ छ। बैंकको कुल सञ्चालन खर्च १७ करोड ३० लाख रुपैयाँ छ।

बैंकले एक अर्ब १३ करोड ६६ लाख ब्याज आम्दानी र २३ लाख ५१ हजार ब्याज खर्च गरी एक अर्ब १३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

हाल १२ अर्ब रहेको बैंकले ८ अर्बको सार्वजनिक निष्काशन मार्फत चुक्ता पुँजी २० अर्ब पुर्याउनेछ । बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ११ पैसा र बैंकको कोषको लागत ९.३४ प्रतिशत छ।

बैंकमा सरकारको १०, बीमा कम्पनीहरुको १८.९७, वाणिज्य बैंकहरुको २०.८९, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५, व्यक्तिगत ४.९९ तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व रहने छ।