नेप्सेमा साप्ताहिक गिरावट, बुधबार मात्र सामान्य सुधार


काठमाडौँ । यो साता सेयर बजार परिसूचक (नेप्से) मा दबाब देखिएको छ । साताको पाँचै दिन कारोबार भएको बजारमा बुधबार मात्र सामान्य सुधार आउँदा अरु सबै दिन नेप्सेमा गिरावट आएको हो । जसले गर्दा साताभरिको कारोबारमा नेप्से २१.९२ अंकले घटेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से ४ अंकले घटेर २७२४.०३ विन्दुमा बन्द भएको थियो । यो साताको अन्त्यसम्म आइपुग्दा नेप्से २७०२.११ विन्दुमा पुग्दा समग्रमा २१.९२ अंकको गिरावट आएको हो ।

यो साताको पहिलो कारोबार दिन सोमबार नेप्से १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा पुगेको थियो । सोमबार ३५० कम्पनीको १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर ४ अर्ब ४१ करोड २० लाख ४८ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

त्यसपछि मंगलबार पनि बजारमा गिरावट देखियो । उक्त दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा झ¥यो । उक्त दिन ३५५ कम्पनीका १ करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर ४८ हजार ११६ पटकमा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

बुधबार भने बजारमा सामान्य सुधार देखिएको थियो । सो दिन नेप्से ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा पुगेको थियो । सो दिन ३५२ कम्पनीका ८३ लाख ७५ हजार ४७१ कित्ता सेयरहरू ४४ हजार ५४२ पटक किनबेच हुँदा ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार रुपैयाँको कारोबार भएको थियो । बिहीबार पुनः नेप्से ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा कायम भएको थियो ।

बिहीबार फेरि बजारमा गिरावट आएको थियो । उक्त दिन नेप्से ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा पुगेको थियो । उक्त दिन कारोबारमा आएका ३४७ कम्पनीका ७७ लाख ४३ हजार ३० कित्ता सेयरहरू ४१ हजार १०४ पटक किनबेच हुँदा ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार रुपैयाँको कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार भने बजार १.६३ अंकले बढ्दै २७०२.११ विन्दुमा पुगेर बन्द भएको छ । शुक्रबार ३५३ कम्पनीका १ करोड ९ लाख २२ हजार ५२५ कित्ता सेयरहरू ६१ हजार १७० पटक किनबेच हुँदा ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका अनुसार यो साताको सेयर कारोबारमा सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् । यी कम्पनीका सेयर मूल्यमा सकारात्मक प्रदर्शन देखिँदा लगानीकर्ताले फाइदा उठाएका हुन् ।

यता, ग्रीन डेभलपमेन्ट बैंक, बुङ्गल हाइड्रोपावर र आत्मनिर्भर लघुवित्त लगायत कम्पनीका लगानीकर्ताले भने यस साता नोक्सानी व्यहोरेका छन् । यी कम्पनीका सेयर मूल्यमा गिरावट आएपछि लगानीकर्ताको सम्पत्ति घटेको हो ।

कारोबार रकमका आधारमा भने यो साता आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीमा सबैभन्दा बढी सेयर कारोबार भएको नेप्सेले जनाएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स र बुङ्गल हाइड्रोपावर पनि या साता बढी कारोबार गर्ने कम्पनीको सुचीमा छन् ।

प्रकाशित मिति: ६ असार २०८३, शनिबार  ११ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।