गत आवबाट ८ निर्जीवन बीमा कम्पनीको लाभांश घोषणा हुन बाँकी

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत रहेका १८ कम्पनीमध्ये गत आर्थिक वर्षको नाफाबाट आधा अर्थात ९ वटा निर्जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । ८ कम्पनीको लाभांश निर्धारण हुन बाँकी रहेको छ ।

अजोड इन्स्योरेन्सले बिना लाभांश गत आव २०७६/७७ को साधारण सभा बोलाएको छ । कम्पनीलेचुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव अगाडि बढाएपनि साधारण सभाको लागि सञ्चालक समितिबाट भएको निर्णय आधिकारिक सूचना अगावै बाहिरिएर मूल्य बढी ठूलो कारोबार भएपछि इन्साइडर ट्रेडिङ्ग अर्थात भित्री कारोबारको आरोप कम्पनीलाई लागेको छ । धितोपत्र बोर्डले सो सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ भने बीमा समितिले हकप्रद प्रस्ताव अगाडि नबढाउन कम्पनीलाई निर्देशन दिएको अवस्था छ ।

गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई वितरण गर्न लाभांश प्रस्ताव गरेका ९ निर्जीवन बीमा कम्पनीमध्ये ४ कम्पनीहरु शिखर, प्रिमियर, नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सले साधारण सभा आह्वान गरिसकेका छन् । आइएमई जनरल इन्स्योरेन्स बाहेक बाँकी तीनवटै कम्पनीको साधारण सभा सम्पन्न भैसकेको छ भने आइएमई जनरलले लाभांश र ४० प्रतिशत हकप्रद प्रस्ताव पारित गर्न बैशाख १२ गते साधारण सभा बोलाएको छ । जसका लागि कम्पनीले बैशाख २ गते बुकक्लोज गर्ने जनाएको छ ।

सिद्धार्थ, प्रिमियर, प्रभु, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल, एभरेष्ट, आइएमई जनरल र हिमालयन जनरल इन्स्योरेन्सले पनि लाभांश घोषणा गरेका छन् । यी कम्पनीको शेयर खरीद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन् ।

लाभांश घोषणा गरेकामध्ये शिखरले सबैभन्दा धेरै २९.२३ प्रतिशत (२७.७७ प्रतिशत बोनस र १.४६ प्रतिशत नगद) लाभांश वितरण गरेको छ । हिमालयन जनरलले सबैभन्दा कम ६.७५ प्रतिशत (३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद) वितरण गर्ने प्रस्ताव गरेको छ ।

S.N. Sector- Non Life Insurance Stock Symbol Bonus Cash Total Bookclose AGM
1 Shikhar Insurance   SICL 27.77 1.46 29.23 Falgun 26, Wednesday Chitra 9, Monday
2 Siddhartha Insurance  SIL 12.00 3.79 15.79    
3 Premier Insurance   PIC 0.00 11.05 11.05 Chaitra 11, Wednesday Chaitra 23, Monday
4 Prabhu Insurance  PRIN 10.00 0.53 10.53    
5 Nepal Insurance  NICL 8.00 2.00 10.00 Chaitra 17, Tuesday Chaitra 27, Friday
6 Prudential Insurance   PICL 8.00 0.42 8.42    
7 Everest Insurance   EIC 8.00 0.42 8.42    
8 IME General Insurance  IGI 7.00 0.37 7.37 Baisak 2, Thusday Baisak 12, Sunday
9 Himalayan General Insurance HGI 3.00 3.75 6.75    
10 Ajod Insurance Company  AIL 0.00 0.00 0.00    
11 General Insurance Company Nepal  GIC          
12 Sanima General Insurance Company  SGI          
13 NLG Insurance Company  NLG          
14 Lumbini General Insurance LGIL          
15 Neco Insurance   NIL          
16 Rastriya Beema Company  RBCL          
17 Sagarmatha Insurance   SIC          
18 United Insurance  (Nepal)  UIC          
  • आठ निर्जीवन बीमा कम्पनीको लाभांश आउन बाँकी

गत आर्थिक वर्ष २०७६।७७ को कमाइबाट सगरमाथा इन्स्योरेन्स सहित ८ कम्पनीको लाभांश घोषणा हुन बाँकी रहेको छ । जसमा कम्पनीहरुमा सगरमाथा इन्स्योरेन्स, नेको, एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, युनाइटेड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स रहेका छन् ।

सानिमा र जनरल इन्स्योरेन्स नयाँ कम्पनी भएकाले यी कम्पनीले गत आवको नाफाबाट लाभांश वितरण गर्नसक्ने सम्भावना न्यून देखिन्छ । अन्य ६ कम्पनीको लाभांश प्रस्ताव भैसकेको छैन ।  नयाँ कम्पनीहरुलाई जगेडा तथा कोष मजबुत बनाउन बीमा समितिले निर्देशन दिनसक्ने भएकाले यी कम्पनीको लाभांश गत आवको नाफाबाट आउने आशा लगानीकर्तामा कम नै छ ।

सरकारी स्वामित्वको राष्ट्रिय बीम कम्पनीले लेखापरिक्षण कार्य गर्न नसक्दा लामो समयदेखि लाभांश वितरण गर्न सकेको छैन । कम्पनीको २०७४ बैशाख २२ गते सम्पन्न २९ औं वार्षिक साधारण सभाबाट आव २०६२/६३ बाट ११४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसपछि कम्पनीले २०६७/६८ सम्मको लेखापरिक्षण गरी साधारण सभा गरेपनि त्यसपछिको दश आर्थिक वर्षको लेखापरिक्षण हुन सकेको छैन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ चैत २०७७, बुधबार  १३ : ०६ बजे