मेटलाइफको विशेष योजना, निष्क्रिय बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट


काठमाडौँ । मेटलाइफ नेपालले सीमित अवधिका लागि विशेष अभियान सञ्चालन गर्दै निष्क्रिय जीवन बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।

कम्पनीका अनुसार ५ वर्षभित्र निष्क्रिय भएका पोलिसी पुनःसक्रिय गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट तथा ५ वर्षभन्दा बढी समयदेखि निष्क्रिय रहेका पोलिसी पुनःसक्रिय गर्दा ७५ प्रतिशत छुट प्रदान गरिनेछ। यो सुविधा ‘वान बाई मेटलाइफ’ एप तथा मेटलाइफका शाखा कार्यालयमार्फत लिन सकिनेछ।

अभियान जुन १८ देखि जुलाई १६, २०२६ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। यस अवधिमा ग्राहकहरूले अतिरिक्त शुल्क बचत गर्दै आफ्नो बीमा सुरक्षा पुनःसुरु गर्न सक्नेछन्।

कम्पनीका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले डिजिटल माध्यमबाट बीमा सेवाहरूलाई अझ सरल, छिटो र सहज बनाउने प्रयासलाई निरन्तरता दिइएको बताउँदै ग्राहकहरूलाई अभियानको लाभ उठाउन आग्रह गरेका छन्।

ग्राहकहरूले ‘वान बाई मेटलाइफ’ एपमार्फत वा नजिकको शाखा कार्यालयमा पुगेर निष्क्रिय पोलिसी पुनःसक्रिय गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार  १५ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।