सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से १६.५४ अंकले घटेर २६३२.९६ अंकमा पुगेको हो ।

आज कारोबारमा आएका ३५२ कम्पनीका ७६ लाख ९९ हजार २२७ कित्ता सेयरहरू ४४ हजार ९४२ पटक किनबेच हुँदा २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से २ अंकले घटेर २६४९.५१ अंकमा कायम हुँदा ३ अर्ब ९४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको थियो ।

सोमबार सबै उपसुचक राताम्मे हुँदा निर्जीवन बीमा समूह १५२.१२ अंकले र उत्पादन तथा प्रशोधन समूह १२२.४१ अंकले घटेको छ ।

समग्र बजार घट्दा पनि टक्सार पिखुवाखोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरी लघुवित्तको सेयर मूल्य १५ प्रतिशतले बढेको छ ।

यता, स्वाभिमान लघुवित्तको सेयर मूल्य ५.८३ प्रतिशतले घटेको बजारमा सोपान फर्मास्युटिकल्सको सेयर मूल्य ४.५० प्रतिशत, एसियन हाइड्रोपावरको सेयर मूल्य ४.४० प्रतिशत, शिखर पावरको सेयर मूल्य ३.७९ प्रतिशतले र कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य ३.७२ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा ग्लोबल आईएमइ बैंक ८ करोड ८३ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा सोपान फर्मास्युटिकल्स ५ हजार ५२१ पटकको कारोबार सहित अग्रस्थानमा रहेको छ ।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार  १५ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।