अनलाइनमार्फत सरुवाको निवेदन दिन आह्वान


काठमाडौँ । भूमि व्यवस्था,सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन दिनका लागि निजामती कर्मचारीहरूलाई आह्वान गरेको छ ।

मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गरेर अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन पेस गर्न अनुरोध गरेको हो ।

“मन्त्रालयबाट सम्पादन हुँदै आएको सरुवा प्रक्रियालाई आधुनिक, प्रविधिमैत्री, पूर्वानुमानयोग्य तथा व्यवस्थित बनाउने उद्देश्यले मन्त्रालयले अनलाइन सरुवा सफ्टवेयर प्रणाली विकास गरेको छ”, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, “अनलाइन प्रणालीमार्फत मात्र सरुवासम्बन्धी कार्य सञ्चालन गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।”

मन्त्रालयले सरुवाका लागि इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा उक्त प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गरी अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन पेस गर्नुहुन अनुरोध गरेको छ ।

अनलाइन प्रणालीबाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरुवासम्बन्धी निवेदन उपर कुनै कारबाही नहुने बेहोरा मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार  ०७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।