राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा प्रेम उपाध्याय

0
Shares

राष्ट्रिय बीमा कम्पनीको सञ्चालक पदमा प्रेम उपाध्याय नियुक्त भएका छन् । नेपाल सरकार अर्थमन्त्रालयको तर्फबाट सञ्चालक पदमा प्रेम उपाध्याय मनोनयन भएका हुन् ।

नेपाल सरकार अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थानको समन्वय महाशाखाको चैत २४ गते जारी पत्र अनुसार उपाध्याय सञ्चालक पदमा मनोनयन भएको कम्पनीले जनाएको छ ।

सञ्चालक समितिका अध्यक्ष उमेश चन्द्र उपाध्यायले पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै चैत ३१ गतेदेखि उपाध्यायलाई सञ्चालक पदमा स्वागत गरको कम्पनी सचिव निरञ्जन आचार्यले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।