लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाइ वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैशाख २ गते बिहीबार सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस शेयर र करसहित ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।

कम्पनीले अघिल्लो आव २०७५/७६ बाट ८.१२५ बोनस शेयर र  कर प्रयोजनका लागि ०.४०६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।