सानिमा बैंकको खुद नाफा १.८५ अर्ब, खुद ब्याज आम्दानी स्थीर रहेपनि नाफा बढ्यो

0
Shares

सानिमा बैंक लिमिटेड (SANIMA) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८५ करोड ६१ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा १ अर्ब ६१ करोड ८७ लाख २१ हजार खुद नाफा कमाएको बैंकको १४.६७ प्रतिशतले नाफा बढेको हो ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ४० करोड ९५ लाख २४ हजार रहेको छ ।

चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार रुपैयाँ रहेको बैंकको १० प्रतिशतले पूँजी बढ्दा प्रतिशेयर आम्दानी ०.९६ रुपैयाँले बढेको छ । बैंकको प्रतिशेयर आम्दानी २५.७३ रुपैयाँ छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ खर्ब २२ अर्ब ७९ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब ६ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ३ अर्ब २७ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी र २ अर्ब ६४ करोड १४ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.९०, सञ्चालन नाफा भने १४.९६ प्रतिशतले बढेको छ । बैंकको निक्षेप संकलन १४.५०, कर्जा लगानी २५.५५ प्रतिशतले बढेको छ ।

बैंकको आधार ब्याजदर ३.०२, कोषको लागत २.५८ प्रतिशतले घटेको छ । बैंकको जगेडा कोषमा ३ अर्ब ३० करोड ५८ लाख र शेयरधनी कोषमा १ अर्ब ४० करोड ९५ लाख ७४ हजार रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १३.९९, खराब कर्जा अनुपात ०.२१, कोषको लागत ४.७१, कर्जा निक्षेप अनुपात ८२.७९, आधारदर ६.२३, स्प्रेडदर ४.०७ प्रतिशत, प्रतिशेयर नेटवर्थ १४८.७० रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.२८ गुणा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।