निरन्तर घटिरहेको सेयर बजारमा आकस्मिक बाढीको धक्का : रसुवामा अवस्थित २ हाइड्रोका सेयरमूल्यमा नकारात्मक सर्किट


काठमाडौँ । निरन्तर घटिरहेको सेयर बजारमा रसुवामा आएको आकस्मिक बाढीले थप प्रभाव पारेको छ । बुधबार नेप्से ३५.९२ अंकले घटेर २५५८.३५ विन्दुमा कायम हुँदा रसुवामा रहेका २ हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आज रसुवागढी हाइड्रो र मैलुङ खोला हाइड्रो करिब १५ प्रतिशतले घटेको छ । त्यस्तै, त्रिशुली जलविद्युत आयोजना १२.९५ प्रतिशतले घटेको छ भने माथिल्लो मैलुङ खोला हाइड्रो ११.५६ प्रतिशतले घटेको छ ।

बुधबार ३४८ कम्पनीका १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता सेयरहरु ६१ हजार ४४२ पटकमा ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार रुपैयाँमा किनबेच भएका छन् । मंगलबार ४ अर्ब १० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
आज सर्वोतम पेन्टस्को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, अपर हेवाखोला हाइड्रोको सेयर मूल्य १०.४३ प्रतिशतले र एभरेष्ट डेभेन्चर ६.०८ प्रतिशतले बढेको छ ।

बुधबार कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज २० करोड ५६ लाख ८६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सानिमा मिडल तमोर हाइड्रोको १९ करोड ३२ लाख ८२ हजार रुपैयाँको सेयर कारोबार हुँदा साहस उर्जाको १६ करोड १३ लाख ६६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार  १५ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।