नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था नाजुक, प्रतिशेयर नेटवर्थ ३६ रुपैयाँ मात्र

0
Shares

नारायणी डेभलपमेन्ट बैंक (NABBC) को वित्तीय अवस्था नाजुक देखिएको छ । बैंकको प्रतिशेयर नेटवर्थ जम्मा ३६ रुपैयाँ रहेको छ ।

बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले चैत मसान्तसम्ममा ५२ लाख ५४ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ ।

गत आवको तेस्रो त्रैमासम्म ११ करोड नोक्सनीमा रहेको बैंकको घाटा थप चुलिएको हो ।

हकप्रदमाथि हकप्रद जारी गर्न लागेको बैंकको शेयरमूल्य भने किनै उच्च रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ऋणात्मक रहेको बैंकको बुधबारको शेयरमूल्य ५३८ रुपैयाँ रहेको छ ।

यस आधारमा बैंकको शेयरमा लगानी गर्ने लगानीकर्ता जोखिममा रहेको देखिन्छ । तर कम चुक्ता पूँजी रहेका कारण सीमित समुहले शेयर कर्नरिङ्ग गरेर शेयरमूल्य भने उच्च बिन्दुमा पुर्याइएको छ ।

बैंकको खुद ब्याज आम्दानी नै ७ लाख रुपैयाँले ऋणात्मक छ । ब्याज आम्दानीभन्दा खर्च धेरै गरेको बैंकको सञ्चालन घाटा बढेर ५७ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी १३ करोड १२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १२ करोड ६० लाख छ भने शेयरधनी कोष २१ करोड २७ लाख रुपैयाँले ऋणात्मक छ ।

बैंकले खराब कर्जा अनुपात भने घटाएको छ । नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्तबाट मुक्त भई नियमित कारोबार सञ्चालनपछि बैंकको खराब कर्जा अनुपात २५.९० प्रतिशतमा झरेको हो । गत आवको यसै अवधिमा शतप्रतिशत खराब कर्जा रहेको थियो ।

बैंकको प्रतिशेयर नेटवर्थ ३६.१५ रुपैयाँ, कोषको लागत ६.९८ प्रतिशत, आधार ब्याजदर २५.४७, र स्प्रेडदर ६.९४ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।