रसुवा बाढी : कस्तो छ बैंकका कर्मचारीहरूको अवस्था ?


काठमाडौँ । रसुवा बाढीले बैंक तथा वित्तीय संस्थाका ३३ जना वेपत्ता भएका छन् । बुधबार बिहान आएको बाढीका कारण रसुवा र नुवाकोटाका १८ बैंक तथा वित्तीय संस्थाको शाखा ध्वस्त हुँदा ३३ जना कर्मचारी वेपत्ता भएका हुन् ।

वेपत्ता हुनेमा वाणिज्य बैंकका २७ जना र अन्य वित्तीय संस्थाका ६ जना वेपत्ता भएको केन्द्रिय बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले बताए ।


यस्तै नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार अन्य क्षति भन्दा पनि मानवीय क्षतिलाई नै ध्यान दिएर काम भइरहेको छ ।

वेपत्ताको खाजी कार्य तिव्र रुपमा भइरहेको सुरक्षा निकायले जनाएको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ जना बालक र ५० जनाको पहिचान खुल्न सकेको छैन ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  १२ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।