हिमालयन बैंकको अध्यक्षमा अर्याल


काठमाडौँ। हिमालयन बैंक लिमिटेडको अध्यक्षमा नेपाल सरकारका पूर्वमुख्य सचिव तथा बैंकका सञ्चालक डा.बैकुण्ठ अर्याल सर्वसम्मत रूपमा निर्वाचित भएका छन।

बैंकको आइतबार बसेको सञ्चालक समितिको ५०६औँ बैठकले संस्थापक समूहका शेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्दै बैंकका सञ्चालक रहेका डा.अर्याललाई भदौ १४ गतेदेखि लागू हुने गरी अध्यक्ष पदमा निर्वाचित गरेको हो।

बैंकका अनुसार डा.अर्यालको नेतृत्वमा बैंकको संस्थागत सुशासन, रणनीतिक कार्यदिशा तथा समग्र बैंकिङ सेवाको प्रभावकारितालाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास लिइएको छ।

प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार  १५ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।