भोटेकोशी बाढीः नागरिक लगानी कोषद्वारा एक करोड सहयोग


काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ ।

कोष सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरे।

रसुवाको भोटेकोशी तथा त्रिशूलीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति पुगेको दुःखद् परिस्थितिमा सरकारको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको कोषका कार्यकारी निर्देशक कार्कीले जानकारी दिए । 

प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार  ०८ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।