६ कारोबारदिन पछि सेयर बजारमा सुधार, उत्पादन समूह बाहेक सबै हरियाली


काठमाडौँ । पछिल्लो ६ कारोबार दिन लगातार घटेर सेयर बजार आज (मंगलबार) सुधार आएको छ । आज नेप्से ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा कायम भएको छ । आज सेयर बजारमा उत्पादन समूह बाहेक अरु सबै उपसूचकमा हरियाली देखिएका छन् ।

मंगलबार ३४१ कम्पनीका ७६ लाख १३ हजार ६८१ कित्ता सेयरहरु ४८ हजार ३४१ पटकमा २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँमा किनबेच भएका छन् । सोमबार ३ अर्ब ६४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

मंगलबार माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर मूल्य ७.१५ अंकले बढेको छ । त्यस्तै, एमबिएल इक्वीटि फण्ड ५.८८ प्रतिशतले र इमर्जिङ नेपाल ४.८५ प्रतिशतले बढेको छ । यता, उपकार लघुवित्तको सेयर मूल्य ८.४८ प्रतिशतले घटेको छ । त्यस्तै, घोराही सिमेन्ट ५.५३ प्रतिशतले र सीवाईसी नेपाल लघुवित्त ५.३९ प्रतिशतले घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज १३ करोड ८२ लाख ७९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, शिभम् सिमेन्टको १३ करोड ६३ लाख ९८ हजार रुपैयाँको सेयर कारोबार हुँदा आँखुखोला जलविद्युतको १० करोड ३६ लाख २३ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार  १५ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।