राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धको ६ महिनामा नयाँ युद्ध भड्काउने धम्कीको बावजुद इरानले बिहीबार कुवेतमा अमेरिकी सैन्य आधारमा आक्रमण गरेको छ ।
देशभरका स्थलमा व्यापक अमेरिकी बमबारीमा कम्तिमा १९ जना इरानी मारिएपछि अमेरिकी सेना इरानमा कुनै पनि समयमा आक्रमण गर्न तयार रहेको ट्रम्पले बताउनु भएको छ । तेहरानले भने कुवेत, जोर्डन, संयुक्त अरब इमिरेट्स, बहराइन र इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रसहित मध्यपूर्वमा विभिन्न अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेर आक्रमणको बदला लिएको छ ।
निरन्रको द्वन्द्वले युद्धलाई बढवा दिएको छ भने इरानले स्ट्रेट अफ हर्मुजमा तेल निर्यात मार्गमा आफ्नो पकड कायम राख्ने प्रयासलाई अमेरिकाले इरानी बन्दरगाहको प्रति–अवरोधलाई दबाब दिइरहेको छ । सुरक्षा प्रमुख मोहसेन रेजाईले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै इरानले युद्धमा “नयाँ रणनीति” अपनाएको बताएका छन ।
कुवेतको सेनाले बिहीबार इरानबाट आएको क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई रोकेको बताएको छ भने इरानको सरकारी टिभीले तेहरानले “इरानी जनता विरुद्धको अमेरिकी अपराधको प्रतिक्रियामा खाडी राज्यमा अमेरिकी आधारलाई लक्षित अक्रमण गरेको पुष्टि गरेको छ । तेहरानले स्ट्रेट अफ हर्मुजमा समुद्री खानी राख्ने प्रयास गरिरहेको भन्दै वासिङ्टनले आइतबार इरानी लक्ष्यमा प्रहार गरे पछि हाल तनाव बढेको जनाइएको छ ।
इरानले आइतबारको आक्रमणमा “हताहत” भएको र जोर्डन र संयुक्त अरब इमिरेट्समा अमेरिकी सेनालाई लक्षित गरेर जवाफ दिएको बताएको छ । अधिकतम दबाब सैन्य कारबाहीसतिह वासिङ्टनले आफ्ना व्यापारिक साझेदारमाथि प्रतिबन्ध लगाउने धम्की दिँदै इरानको अर्थतन्त्रलाई दबाउने प्रविद्धता गरेको छ ।
इरानका आर्थिक साझेदारलाई लक्षित गरी विस्तारित प्रतिबन्धको अमेरिकी योजनाले “पूर्ण रूपमा अधिकतम दबाब” दिने ऊर्जा सचिव क्रिस राइटले बताए।
सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले तेहरानले ६ महिनादेखि प्रभावकारी रूपमा बन्द गरेको रणनीतिक ढुवानी मार्ग स्ट्रेट अफ हर्मुजको नाम परिवर्तन गरी “ट्रम्प स्ट्रेट” राख्ने सुझाव पनि दिएका थिए ।





प्रतिक्रिया