डेभकोले ७७ लाखमै साढे दुईतले आधुनिक घर बनाइदिने

दशैंअघि सम्झौता गर्नेलाई मोड्युलर किचन निःशुल्क


काठमाडौँ । जग्गा भएर पनि निर्माण लागत महँगो हुँदा घर बनाउन नसकिरहेका परिवारलाई लक्षित गर्दै डेभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले साढे तीन आनामा साढे दुईतले आधुनिक घर निर्माण गरिदिने योजना ल्याएको छ।

कम्पनीले डिजाइनदेखि निर्माण र फिनिसिङसम्मको कामसहित ७७ लाख ७७ हजार रुपैयाँमा घर निर्माण गरिदिने जनाएको छ। निर्माण सामग्रीसहितको लागतमा घर तयार गरिने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार प्रस्तावित घरमा भुइँतलामा एक बीएचके, पहिलो तलामा दुई बीएचके र दोस्रो तलामा दुई शयनकक्ष रहनेछन्। उपलब्ध जग्गाको अधिकतम उपयोग हुने गरी घरको डिजाइन तयार गरिने कम्पनीले जनाएको छ।

घरको डिजाइन गर्दा परिवारको आवश्यकता, जग्गाको अवस्था र बजेटलाई आधार बनाइनेछ। त्यससँगै वास्तु विशेषज्ञको परामर्शअनुसार कोठा, भान्सा, शौचालय, बैठक, पूजाकोठा र सिँढीलगायत संरचनाको स्थान निर्धारण गरिने कम्पनीले जनाएको छ।

डिजाइनदेखि फिनिसिङसम्म एउटै सेवा

डेभकोको योजनामा घरको डिजाइन, संरचनात्मक डिजाइन, निर्माण र फिनिसिङसम्मका सेवा समेटिएका छन्। ग्राहकले घर निर्माणका लागि छुट्टाछुट्टै सेवा प्रदायक खोज्नुपर्ने झन्झट कम हुने कम्पनीको दाबी छ।

कम्पनीले ग्राहकको जग्गाको अवस्था र पारिवारिक आवश्यकताअनुसार डिजाइनमा आवश्यक परिमार्जन गर्ने जनाएको छ। आधुनिक आवासीय डिजाइनसँगै संरचनागत आवश्यकता र वास्तु पक्षलाई पनि समेटेर निर्माण योजना तयार गरिनेछ।

दशैंअघि सम्झौता गर्नेलाई किचन निःशुल्क

कम्पनीले योजनालाई लक्षित गर्दै दशैंअघि घर निर्माण सम्झौता गर्ने ग्राहकका लागि ३ लाख रुपैयाँसम्मको मोड्युलर किचन निःशुल्क उपलब्ध गराउने जनाएको छ।

कम्पनीका अनुसार अफरको उद्देश्य घर निर्माणसँगै आधुनिक भान्सा पनि समेटेर ग्राहकको प्रारम्भिक लागत व्यवस्थापनमा सहयोग पुर्‍याउनु हो । डेभको इन्जिनियरिङ एन्ड बिल्डर्सले इन्जिनियरिङ, वास्तु तथा आवासीय घर डिजाइन, संरचनात्मक डिजाइन, निर्माण र फिनिसिङसम्बन्धी सेवा दिँदै आएको जनाएको छ।

कम्पनीले सीमित बजेटमा आफ्नै जग्गामा घर बनाउन चाहने मध्यम वर्गीय परिवारलाई लक्षित गरी योजना ल्याएको जनाएको छ। ग्राहकले आफ्नो जग्गाको विवरण उपलब्ध गराएपछि डिजाइन, लागत र निर्माण प्रक्रियाबारे परामर्श लिन सक्ने कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार  १७ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।