भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या कति पुग्यो ?


काठमाडौं । रसुवा भोटेकोसी बाढीमा परी हालसम्म एक हजार ३४४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

नेपाल प्रहरीका अनुसार, भदौ २० गते बिहान ५ बजेसम्म बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या एक हजार ३४४ पुगेको छ ।

५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष र ५०१ आंशिक अंग फेला परेको प्रहरीले बताएको छ ।

हालसम्म एक हजार ३० शव व्यवस्थापन गरिएको छ । एक हजार २६० मृतकको डीएनए संकलन गरिएको छ । ९७२ मृतकका आफन्तको डीएनए संकलन गरिएको प्रहरीले जानकारी दिएको छ ।

चार हजार ८९८ जना बेपत्ता रहेका छन् ।

प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार  १० : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।