अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शव अझै भएन पहिचान


काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।

अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले बाढीमा परेर ज्यान गएकामध्ये २४४ शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिए।

अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शवको पहिचान नभएकोले अस्थायी व्यवस्थापन गरिएको छ । यस्तै, २४ शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको डा चौधरीले बताए।

यस्तै, हाल ५९ शवहरु अस्पतालमै रहेका छन् । केही शवहरुको पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टमपछि उक्त शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार  १२ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।