काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको १०० एमबीपीएस इन्टरनेट प्लानलाई अपग्रेड गर्दै अब नयाँ जडान गर्ने ग्राहकहरूलाई १२५ एमबीपीएस इन्टरनेट उपलब्ध गराउने भएको हो।
नयाँ ग्राहकहरूले मासिक ५५३ रुपैयामै १२५ एमबीपीएस इन्टरनेट प्रयोग गर्न सक्नेछन्। अर्थात्, ग्राहकले पुरानै मूल्यमा थप २५ एमबीपीएस स्पिड प्राप्त गर्नेछन्।
यसका साथै, ग्राहकहरूले वाई फाई सिक्स राउटरको सुविधा समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ। क्लासिक टेकले सन् २०२१ देखि आफ्ना ग्राहकहरूलाई वाई फाई सिक्स प्रविधिसहितको राउटर उपलब्ध गराउँदै आएको छ।
उच्च गतिको इन्टरनेटसँगै आधुनिक वाइफ़ाइ प्रविधिको सुविधा प्रदान गर्ने उद्देश्यले यो अफर ल्याइएको कम्पनीको भनाइ छ।





प्रतिक्रिया