काठमाडौँ । प्रतिनिधिसभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक प्रस्तुत गरीन् ।
त्यसअघि मन्त्री गौतमले उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावमाथि कुनै पनि विरोधको सूचना प्राप्त नभएको जानकारी गराए।
त्यसपछि मन्त्री गौतमले सो विधेयक सभामा प्रस्तुत गरीन् ।
विधेयक प्रस्तुत गर्दै मन्त्रीले नेपाल कानुन आयोगलाई कानुन तर्जुमा, कानुनसम्बन्धी अध्ययन अनुसन्धानका क्षेत्रमा उत्कृष्ट निकाय ‘सेन्टर फर एक्सिलेन्स’का रूपमा विकास गर्न मौजुदा कानुन पर्याप्त नभएकाले आयोगको संरचना र कार्य क्षेत्रमा आवश्यक परिमार्जन गरी समग्र कार्यसम्पादनको स्तर सुधार गर्न मौजुदा ऐन संशोधन गर्न विधेयक ल्याउनुपरेको स्पष्ट पारीन् ।





प्रतिक्रिया