काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।
कम्पनीले असोज १६ गते, शुक्रबार, जर्मन होम्स होटल, मध्यपुर ठिमी, गठाघर, भक्तपुरमा १२ औँ साढे ११ बजे वार्षिक साधारण सभा बोलाएको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई विरतण गर्ने घोषणा गरेको लाभांश पारित गर्न सभा बोलाएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीमा पूर्वनिर्धारित शतप्रतिशतको अनुपातमा ६८ लाख ३५ हजार ५०० कित्ता हकप्रद शेयर निष्काशन तथा समायोजन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।
यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।





प्रतिक्रिया