काठमाडौँ । पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्म आइपुग्दा सुन तोलामा ६ हजार ४०० रुपैयाँले घटेको हो ।
गत शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तर, त्यसको एक हप्तापछिको शुक्रबारसम्म आइपुग्दा सुन प्रतितोला ६ हजार ४०० रुपैयाँले घटेर ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, साताको पहिलो कारोबार दिन आइतबार सुन तोलामा ३ हजार १०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी, सोमबार सुन तोलामा २ हजार ४०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने सुनको मूल्य बढेको थियो । मंगलबार सुन तोलामा ३ हजार ५०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार पुनः सुन तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार सुन तोलामा ३ हजार ४०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार भन सुन तोलामा ४ हजार ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम भई यो साताका लागि कारोबार बन्द भएको हो ।
विश्वव्यापी भूराजनीतिक तनावका कारण विश्व बजारमा सुनको भाउ ओरालो लाग्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो । पछिल्लो समय पुनः अमेरिका–इरान तनाव चर्किएको छ । त्यसको असर सुनको मूल्यमा परेको विश्लेषकहरुको भनाई छ ।
यो साता चाँदीको मूल्यमा उत्तरचढाव कायमसँगै गिरावट आएको छ । गत साताको शुक्रबारको तुलनामा यो शुक्रबार सम्ममा चाँदी तोलामा १६५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार गत शुक्रबार प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी यो शुक्रबारसम्म आइपुग्दा प्रतितोला ४ हजार ६०० रुपैयाँ पुगेको हो ।
साताको पहिलो कारोबार दिन आइतबार चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो । बुधबार ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदी तोलामा २५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६०० रुपैयाँ कायम भएर यो साताको कारोबार बन्द भएको हो ।





प्रतिक्रिया