धेरै माइलेज दिने ‘लो बजेट’ मोटरसाइकल खोज्दै हुनुहुन्छ ? छान्नुहोस तपाईलाई कुन उपयुक्त लाग्छ !


कम मुल्यको मोटरसाइकल होस र माइलेज पनि धेरै दिने खालको मोटरसाइकलको खोजिमा हुनुहन्छ भने लक्जरीमा सम्झौता गर्नै पर्ने हुन्छ । तर, खर्चको दृषिकोणवाट भने तपाईलाई सहजमात्र होइन बचत पनि हुने अवस्था रहन सक्छ ।

पछिल्लो समयमा बढ्दो तेलको मूल्यले सबै सवारीधनी चालकहरूको गोजी भारी भएको छ । इन्धनको मूल्य उच्च दरमा बढेपछि दुइ वा चार पाग्रे सवारीधनीका लागि कम लागतमा धेरै दुरीसम्म यात्रा गर्न सकिने साधन उयुक्त लाग्न थाल्छ ।

दुइ पाग्रे सवारीसाधनको त्यसमा पनि मोटरसाइकल छनोट गर्दा आरामदायी खोज्ने हो भने लगानी र दैनिक खर्च धेरै गर्नु पर्नेहुन्छ । लगानी कम र दैनिक खर्च पनि थोरै होस भन्ने चाहानुहुन्छ भने महँगा र स्ट्याण्डर्ड तर्फ नहेर्दा नै उयुक्त हुन्छ । तिनले सबैको मन त लोभ्याउछ नै साथमा यात्रा गर्दाको लागत पनि उत्तिकै खर्चिलो हुन्छ । त्यसैले मान्छे राम्रो, गुणस्तरीय र तेल कम खर्चिने बाइकको खोजिमा हुन्छन् ।

तपाइपनि कम लागतमा धेरै दुरीको यात्रा गर्न कुन बाइक किन्ने भन्ने निर्णय गर्न सक्नु भएको छैन ? त्यसो हो भने हामीले कम लागतमा धेरै दुरीको यात्रा गर्न सकिने बाइकहरुको विषयमा यो रिपोर्ट तयार गरेका छौ ।

हिरो स्प्लेन्डर प्लस

यो हिरो कम्पनीले उत्पादन गरेको कम लागत अर्थात प्रति लिटर ८० किलोमिटर यात्रा तय गर्ने मोटर बाइक हो । हिरो स्प्लेण्डर प्लस एआरएआई प्रमाणित गरे अनुसार बाइकको मूल्यका हिसाबले पनि कम लागत पर्ने बाइक अन्तर्गत नै पर्छ ।

 

हिरो सुपर स्प्लेडर

 

हिरो कम्पनीकै अर्को मोडलको बाइक हो । यो बाइक एकदम चाख लाग्दो छ । यो बाइकको इन्जिन क्षमता १२५ सीसी मात्र हो । हीरो सुपर स्प्लेन्डर एक लिटर पेट्रोलले ८३ किमि सम्म गुड्छ । जुन १२५ सीसी समुह अन्तर्गतको बाइक मध्ये उत्कृष्ट पनि मानिएको छ । डिस्क ब्रेकमा समेत उपलब्ध यो बाइक तुलनात्मक रुपमा केही बढी सुरक्षीत पनि मानिन्छ ।

बजाज प्लाटिना ११०

 

बजाज कम्पनीको उच्च माइलेज दिने बाइक बजाज प्लाटिना ११० हो । यो बाइकको इन्जिन क्षमता १ सय सीसीको भएपनि प्रति लिटर ८४ किलोमिटरसम्मको यात्रा तय गर्न सकिन्छ । बजाज कम्पनीको २ पाग्रे उत्पदनमा यो बाइक न्यून लागत अनगर्त पर्छ ।

टिभिएस स्टार सिटि प्लस

लो बजेटको बाइकमा धेरै मनपाराइएको मध्ये टिभिएस स्टार सिटि प्लस पनि एक हो । यो बाइकको इन्जिन क्षमता ११० सीसी भएपनि प्रति लिटर पेट्रोलले ८५ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । खरिद गर्दा तथा चढ्दा पनि लागत कम लाग्ने यो बाइक अन्यको तुलनामा आरामदायी पनि मानिएको छ ।

बजाज सिटि १००

बजाज कम्पनीले उत्पादन गर्ने २ पाग्रे सवारी साधन मध्ये सबैभन्दा धेरै माइलेज दिने बाइकको रुपमा बजाजसिटि १०० लाई चिनिन्छ । इन्जिन क्षमता एक सय सीसी भएको यो बाईक मार्फत प्रति लिटर एक सय ४ किलोमिटरको यात्रा तय गर्न सकिन्छ । बाइक आफैमा लो बजेटको पनि हो । लो बजेटको बाइकले झनै कम खर्चमा यात्रा गराउने कम्पनीले दावी गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।