अन्तर्राष्ट्रिय र प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन वान कभर र अर्किड कलेजबीच सम्झौता


काठमाडौँ । प्राविधिक शिक्षा र वास्तविक उद्योगको आवश्यकताबीचको खाडललाई कम गर्ने उद्देश्यले वान कभर प्रालि र अर्किड इन्टरनेसनल कलेजबीच एक रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

यस साझेदारीले नेपालका विद्यार्थीहरूलाई कक्षाकोठाको सिकाइसँगै प्रत्यक्ष कर्पोरेट संसार र रोजगारीका अवसरहरूमा जोड्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

सम्झौता हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका उच्च नेतृत्व तथा प्राविधिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा वान कभरका संस्थापक तथा सीईओ चिरञ्जीवी अधिकारी, जनसम्पर्क अधिकारी लोरिन राना, पेन टेस्टर इन्जिनियर प्रालिन बरामु, अर्किड कलेजका प्रिन्सिपल इञ्जिनियर दीपक बहादुर धामि, कलेजका अध्यक्ष बिदुर दाहाल, र मुख्य प्रशासनिक अधिकृत विनीता बस्नेत उपस्थिति रहेका थिए ।

एआई र साइबर सुरक्षा क्षेत्रमा रोजगारी तथा इन्टर्नसिपका अवसरहरू

उत्कृष्ट प्रदर्शन गर्ने योग्य स्नातकहरूलाई सीधा कर्पोरेट टेक पाइपलाइनसँग जोड्ने।

विद्यार्थीहरूलाई आधुनिक सुरक्षा उपकरणहरू र वास्तविक दुनियाका प्रणालीहरूसँग काम गर्ने व्यावहारिक अवसर प्रदान गर्ने।

विशेष प्राविधिक क्षमताहरूको बढ्दो बजार माग अनुसार विद्यार्थीहरूको सीप विकास गर्ने।

कार्यशाला, बुटक्याम्प, शिखर सम्मेलन तथा कन्फरन्सहरू सञ्चालन गर्ने ।

त्यस्तै, पाठ्यक्रममा मात्र सीमित नरही, यस साझेदारीले व्यावहारिक र अनुभवात्मक सिकाइलाई प्राथमिकता दिएको छ ।

जसमा आधुनिक प्राविधिक कार्यान्वयन, खतरा पहिचान र न्यूनीकरणमा केन्द्रित प्रयोगात्मक तालिम शिविरहरु, सीप विकास कार्यशालाहरूस् वरिष्ठ उद्योग इन्जिनियरहरू र सुरक्षा अनुसन्धानकर्ताहरूको नेतृत्वमा नियमित अन्तरक्रियात्मक सत्रहरू र डिजिटल इनोभेसनका भविष्यका प्रवृत्तिहरूमाथि छलफल गर्न शैक्षिक विज्ञहरू, कर्पोरेट नेताहरू र विद्यार्थीहरूलाई एकै ठाउँमा ल्याउने ठूला मञ्चहरू रहेका छन् ।

अर्किड इन्टरनेसनल कलेजमा सञ्चालित प्राविधिक कार्यक्रमहरू :

अर्किड इन्टरनेसनल कलेजले बलियो विश्लेषणात्मक आधार तयार पार्न उद्योग–अनुकूल स्नातक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, ति निम्नानुसार छन् ।

बीएस्सी सीएसआईटी (कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी)
बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन)
बीआईटीएम (ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट)
आईटी इन्जिनियरिङ र आर्टिफिसियल इन्टेलिजेन्स
व्यापार प्रशासन तथा व्यवस्थापन

प्रारम्भिक रूपमा २ वर्ष का लागि गरिएको यो सहकार्यले नेपालको प्राविधिक प्रशिक्षणमा एक ऐतिहासिक माइलस्टोनको रूपमा काम गर्नेछ, जसले विद्यार्थीहरूलाई दक्ष र बजार(योग्य जनशक्ति बन्न सक्षम बनाउने कम्पनीको विश्वाश छ।

प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।