बुधबार थप ९३०५ जनामा कोरोना सङ्क्रमण, १६८ जनाको मृत्यु

0
Shares

नेपालमा गत २४ घण्टामा थप ९,३०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट २० हजार ३६२ र ४२४ एन्टिजेन परीक्षण गर्दा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै मन्त्रायका अनुसार नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा थप १६८ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले बुधबार पुष्टि गरेको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार २५२ पुगेको छ ।

पछिल्लो चौबीस घण्टाको अवधिमा ४ हजार ४४४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यो सँगै ३ लाख १६ हजार ४६८ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने यो संख्या कुल संक्रमितको ७४.९० प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हालसम्म १ लाख १ हजार ६३४ सक्रिय संक्रमित रहेका छन् भने ५१७ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए । बुधबार देशभर पहिलो पटक सक्रिय संक्रमितको संख्या १ लाख नाघेको हो । 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ बैशाख २०७८, बुधबार  १६ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।