सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा


काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडको लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले १२.७०६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६६९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।