सेयर बजार परिसुचकमा दोहोरो अंकको सुधार


काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार नेप्से ११.९६ अंकले बढेर २५७८.७३ पुगेको हो ।

आज कारोबारमा आएका ३५९ कम्पनीका ८९ लाख ५५ हजार २३० कित्ता सेयरहरू ४१ हजार ६०७ पटक किनबेच हुँदा ३ अर्ब १३ करोड ८१ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार नेप्से २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा पुग्दा कारोबार रकम ३ अर्ब २७ करोड ९५ लाख रुपैयाँ पुगेको थियो ।

मंगलबार निर्जीवन बीमा समूह ६.२३ अंकले र लघुवित्त समूह ०.१७ अंकले घटेको बजारमा जीवन बीमा समूह ४१.१० अंकले, होटल तथा पर्यटन समूह ३६.९७ अंकले बढ्दा अरु सबै उपसुचकमा पनि सुधार आएको छ ।

त्रिशुली जलविद्युत आयोजनाको सेयर मूल्य ५.११ प्रतिशतले बढेको बजारमा सालपा विकास बैंकको सेयर मूल्य ३.७७ प्रतिशतले हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य ३.६५ बुटवल पावर कम्पनीको सेयर मूल्य ३.५७ र लिबर्टी इनर्जीको सेयर मूल्य ३.५० प्रतिशतले बढेको हो ।

यता, सर्वाेत्तम पेन्टस्को सेयर मूल्य ४.९४ प्रतिशतले घटेको छ भने एननआईबीएल ग्रथ फण्डको इकाई मूल्य ४.४४ प्रतिशत, चिर्खवा हाइड्रोपावरको सेयर मूल्य ३ प्रतिशतले घटेको छ ।

आज घलेम्दी हाइड्रो २३ करोड ९१ लाख ८२ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । सो कम्पनीका ८ लाख ४५ हजार ६३५ इकाई सेयर १ हजार ४७९ पटक किनबेच भएका छन् ।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार  १५ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।