काठमाडौँ । घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गर्दै घटस्थापनादेखि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।
तर, कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीसाधनको बन्देज भने कायमै रहने भएको छ ।







