काठमाडौँ । नारायणगढ–काठमाडौं सडकखण्डमा दसैं घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।
यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णय अनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ठूला सवारी चलाउन पाइने छैन । तर, खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्वाध गुड्न पाउने छन् । दसैंमा यात्रुवाहक सवारीको अत्यधिक चाप रहन्छ । त्यस्तै, दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको फिटनेस परीक्षण गर्न प्राविधिक कर्मचारी खटाउने निर्णय गरिएको छ।







