२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही


काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६८२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ६३, सिसिटिभिमार्फत १९, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ३८, हर्न निषेधमा १२, लेन क्रसमा ६, अवस्था ठिक नभएको १४, एकतर्फीमा ७ र अन्यमा ४८८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार  ०९ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।