राधी विद्युतको विजुली बिक्रीबाट आम्दानी बढेपछि साढे ५ करोड पुग्यो खुद नाफा

0
Shares

राधी विद्युत कम्पनीले गत आर्थिक वर्षमा ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो वर्ष ४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा समीक्षा अवधिमा ११.३० प्रतिशतले बढेको छ ।

गत वर्षको असार मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट १४ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ भने अन्य श्रोतबाट २२ लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा पनि उसको खुद नाफा बढ्न सहयोग पुगेको हो।

राधी विद्युतले चुक्ता पूँजी ४७ करोड ३५ लाख रुपैयाँ छ। यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६७ पैसा, प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ८३ पैसा र मूल्य आम्दानी अनुपात १२.७७ गुणा छ ।

कम्पनीले घोर्मु गाविस ३ लमजुङमा राधी खोलाको पानी उपयोग गरी ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निमार्ण गरेको छ। साथै कम्पनीेले दोलखामा निमार्ण हुन लागेको ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गरेको छ।