नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा सुरेश प्रसाद खत्री

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश प्रसाद खत्रीको नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको बैशाख १७ गते सम्पन्न बैठकले कम्पनीका कायम मुकायम कार्यकारी प्रमुख खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न सिफारिस गरी बीमा समितिसँग सैद्धान्तिक सहमतिको लागि पठाएको थियो।

उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीले खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ ।

गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरत बहादुर बस्नेतको पदावधि सकिए पछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो।

बैंगलोरबाट एमबीए गरेका खत्रीसँग बीमा क्षेत्रमा करिब साढे दुई दशकको कार्य अनुभव रहेको छ । खत्री २६ वर्ष पहिले एक्जुकेटिभ एसिस्टेन्टबाट जीवन बीमा क्षेत्रमा प्रवेश गरेका थिए । 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।