लागुऔषधसहित ९ जना पक्राउ


काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जुम्लाको तिला गाउँपालिका–३ कुडारी बजारबाट तीन, झापाको बिर्तामोड नगरपालिका–२ त्रिशुली चोकबाट तीन, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखालीबाट दुई र कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट एक जना पक्राउ परेका छन् ।

प्रकाशित मिति: ३ कार्तिक २०८३, मंगलबार  १४ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।