एभरेष्ट इन्स्योरेन्सको २६ औं साधारण सभा आज, ८.४२% लाभांश पारित गर्दै

0
Shares

एभरेष्ट इन्स्योरेन्स (EIC) ले आज २६ औं वार्षिक साधारण सभा सम्पन्न गर्दै छ । कम्पनीले आफ्नै प्रधान कार्यालय हात्तीसार, काठमाडौंमा दिउँसो २ बजे भचुर्अल माध्यमबाट सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.४२ प्रतशित नगद लाभांश गरी कुल ८.४२ प्रतशित लाभांश अनुमोदन गर्नेछ । बोनस वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैयाँ पुग्नेछ ।

कम्पनीले सभामा बोनस बाँडफाँट पश्चात हुने कम्पनीको शेयर पूँजी बराबर जारी तथा चुक्ता पूँजी पु¥याउने, उपयुक्त निर्जीवन बीमा कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिलाई दिएको अधिकारलाई निरन्तरता दिने प्रस्ताव लैजादै छ ।

कम्पनीले कम्पनीको प्रबन्धपत्रको दफा ३ मा कम्पनीको उद्देश्य अन्तर्गत सामूहिक लगाी कोष योजना सञ्चालन गर्ने, गराउने थप गर्ने प्रस्ताव समेत सभामा पेश गर्ने भएको छ ।

कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि वैशाख २९ गते ९ एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा वैशाख २८ गते मंगलबारसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।