साना किसान लघुवित्तको प्रतिशेयर आम्दानी ६२ रुपैयाँ ४७ पैसा, नाफा २५ % बढ्यो

0
Shares

गत आर्थिक वर्षमा साना किसान विकास लघुवित्त संस्थाले ४९ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै २५ प्रतिशत बढी हो ।

अघिल्लो आर्थिक बर्षको यसै अवधिमा लघुवित्तले २३९ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संचालन मुनाफा तथा खुद ब्याज आम्दानीमा बढोत्तरी हुदाँ लघुवित्तको खुद नाफा बढेको हो । यद्यपी संस्थाको कर्मचारी खर्च, खराब कर्जा तथा कस्ट अफ फण्ड भने बढेको छ ।

लघुवित्तको पूँजी स्थिर रहँदा प्रतिशेयर आम्दानीमा बढोत्तरी आएको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ५० रुपैयाँ ०१ पैसाबाट ६२ रुपैयाँ ४७ पैसा पुगेको छ । प्रतिशेयर आम्दानी २४.९२ प्रतिशतले बढेको हो ।

लघुवित्तको कर्जा, निक्षेप, सापट सबै बढेको छ । लघुवित्तले खुद ब्याज आम्दानी बाटै ९१ करोड ८९ लाख आर्जन गरेको छ । यस्तो आम्दानी अघिल्लो वर्ष ७५ करोड १० लाख थियो ।

चुक्ता पूँजी ७८ करोड ६० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा एक अर्ब ६७ करोड रुपैयाँ सञ्चित छ । जगेडाकोषमा ४१ प्रतिशत बढीको सुधार छ ।

लघुवित्तको निष्कृय कर्जा ०.०८ प्रतिशत, प्रतिशेयर नेटवर्थ ३१३ रुपैयाँ ५६ पैसा रहेको लघुवित्तको मूल्य आम्दानी अनुपात १५ १८ गुणाले बढी छ ।