पूूँजीबजारमा नकारात्मक प्रभाव पार्ने क्रियाकलापलाई प्रवेश गर्न नदिन अर्थमन्त्रीको बोर्डलाई निर्देशन

0
Shares

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूूँजीबजारमा नकारात्मक प्रभाव पार्ने क्रियाकलापलाई प्रवेश गर्न नदिन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।

नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिकोत्वको अवसरमा आयोजित भर्चुअल कार्यक्रम मार्फत अर्थमन्त्री पौडेलले बोर्डलाई पूँजीबजारमा सबल, प्रभावकारी नियामकको भुमिका निर्वाह गरी विश्वसनियता कायम राख्न निर्देशन दिएका हुन् ।

मन्त्री पौडेलले बजेटमा समावेश गरिएको वस्तु विनिमय बजारको स्थापनाका गर्ने सम्बन्धमा गृहकार्य गरी समयमा नै स्थापना गर्ने दिशातर्फ कदम चाल्न समेत बोर्डलाई निर्देशन दिए ।

उनले पछिल्ला दिनमा पूँजीबजारमा बढिरहेको आकर्षणलाई सरकारप्रति लगानीकर्ताको विश्वासको रुपमा बुझेको बताए ।

पूँजीबजारमा लगानी गरेका लागानीकर्ताको लगानी सुरक्षित गरी हीत संरक्षणका लागि सशक्त, प्रभावकारी कदम चाल्दै लगानीका क्षेत्र र दायरा विस्तार गर्न समेत उनले बोर्डलाई सुझाव दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भनेः ‘पूँजी बजारको नियामक निकाय रुपमा रहेको धितोपत्र बोर्ड सशक्त, प्रभावकारी हुने अपेक्षा रहेकाले बोर्डबाट लगानी सुरक्षित भई पूँजी बजार विस्तारित भई आर्थिक वृवद्धदर विस्तारि हुन महत्वपूर्ण भुमिका रहोस् भन्ने शुभकामना दिन चाहन्छु ।’

लगानीकर्ताहरुले सबल, सक्षम, नियामक निकायको रुपमा देख्न र बुझन्न चाहिरहेकाले पूँजी बजारको नियामक निकायको रुपमा स्थापित बोर्डले सो अनुरुपको कार्य गर्नुपर्नेमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको जोड थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।