शिखर इन्स्योरेन्सद्धारा हकप्रद निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी (SICL) ले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्काशनको लागि जेठ २५ गते बोर्डमा आवेदन दिएको हो।

हकप्रद निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई इन्स्योरेन्सले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

शिखर इन्स्योरेन्सको हकप्रदले ‘इक्रा एनपी आइआर सिङ्गल ए’ क्रेडिट रेटिङ्ग पाएको छ ।

क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले इन्स्योरेन्सको हकप्रदलाई कम जोखिम जनाउने ‘इक्रा एनपी आइआर सिङ्गल ए’ रेटिङ्ग प्रदान गरेको हो । हाल शिखर इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । हकप्रद जारीपछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।