आएमएई लाइफले पारित गर्यो ६० करोडको आईपीओ जारी गर्ने प्रस्ताव

0
Shares

आएमएई लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक  साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीको रजिष्टर्ड कार्यालय, लैनचौर काठमाडौँमा भर्चुअल माध्यमबाट कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभाले सर्वसाधारणका लागि प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।

सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा सम्पन्न भएकाे सभाले आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र त्यस सम्बन्धीत अनुसूची तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ ।

अध्यक्ष अर्यालले अझै पनि बीमा सम्बन्धी जानकारी, जनचेतना सबै जनतामा पुग्न नसकेको बताउँदै बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका समूहमा पुर्याउन कम्पनी लागिपर्ने बताए । बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको उनको भनाई थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।