रिलायन्स लाइफले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।

नवीकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको असार ३१ गतेभित्र पुनजार्गरण गरेमा विलम्व शुल्कमा कम्पनीले शतप्रतिशत छुट दिने भएको हो ।

कोभिड-१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै नवीकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेख पुनजार्गरण गर्दा उक्त छुट सुविधा ल्याएको कम्पनीले जानकारी दिएको छ ।

उक्त छुट सुविधाले ग्राहकहरुलाई विषम परिस्थितिमा पूर्ण रुपमा फाइदा पुग्ने विश्वास कम्पनीले दिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।