सानिमा जनरलको स्थगित साधारण सभा पुनः आह्वान

0
Shares

सानिमा जनरल इन्स्योरेन्सले स्थगित भएको तेस्रो वार्षिक साधारण सभा पुनः आह्वान गरेको छ ।

कम्पनीले असार २३ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादी , काठमाडौंमा बिहान १०ः३० बजे बोलाएको हो ।

असार १ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सभाको मिति तोकेको हो । सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।

कम्पनीले जेठ ११ गते आह्वान गरेको साधारण सभा कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञा कारण स्थगित भएको थियो ।

सभामा गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको लगायतका प्रस्ताव अनुमोदन हुनेछ ।

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २९ बुधबारदेखि सभा हुने मिति जेठ ११ गते मंगलबारसम्म बुक क्लोज गर्ने गरेको थियो । बुकक्लोजको आधारमा बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।

तीन वर्षअघि नयाँ बीमा कम्पनीको रुपमा निर्जीवन व्यवसाय सञ्चालन गरेको कम्पनीले गत आव २०७६।७७ बाट पनि आफ्ना शेयरधनीलाई लाभांश वितरण भने नगर्ने भएको छ । बीमा समितिको निर्देशन अनुसार कम्पनीको नाफाबाट जगेडा तथा कोषहरु मजबुत बनाउन दिएको निर्देशन अनुसार कम्पनीले लाभांश वितरण गर्न नसकेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।